neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिरि ए :इन्टरमिलानको सहज जित

Dec 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ मङ्सिर

इटालियन सिरि ए फुटबलमा इन्टरमिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरमिलानले बोलोग्नालाई ३-१ गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन अच्रफ हिकीले दुई र रोमेलो लुकाकुले एक गोल गरे । बोलोग्नाका एमानुएल भिग्नाटोले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा रोमेलो लुकाकुले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।४५ औं मिनेटमा अच्रफ हिकीले गोल गर्दै पहिलो हाफमा मिलानको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६७ औं मिनेटमा बोलोग्नाका एमानुएल भिग्नाटोले एक गोल फर्काए।

त्यसपछि ७० औँ मिनेटमा अच्रफ हिकीले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।

जितसंगै इन्टरमिलानले १० खेलबाट २१ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित बोलोग्नाको १० खेलबाट १२ अंक सहित दशौं स्थानमा छ ।शीर्ष स्थानको एसी मिलानको ९ खेलबाट २३ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi