neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिग वान फुटबल : पीएसजीको शानदार जित ,एम्बाप्पेको पीएसजीबाट सय गोल पुरा

लिग वान फुटबल : पीएसजीको शानदार जित ,एम्बाप्पेको पीएसजीबाट सय गोल पुरा

Dec 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ मङ्सिर

लिग वान फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ३–१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन कोलिन डग्बा,मोइज केन र केलियन एम्बाप्पेले एक एक गोल गरे । ३–१ को जित निकाल्दा एक गोल गर्दै एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट सय गोल पुरा गरेका छन् ।

खेलको ३३ औं मिनेटमा कोलिन डग्बाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।४१ औं मिनेटमा मोन्टपेलियरका स्टेिफ माविदिदिले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ७७ औं मिनेटमा मोइज केनले गोल गर्दै पीएसजीलाई २-१ ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा केलियन एम्बाप्पेलेले गोल गर्दै पीएसजीलाई ३-१ को शानदार जित दिलाए र पीएसजी०बाट सय गोल पुरा गरे ।

एम्बाप्पे पीएसजीबाट सय गोल पुरा गर्ने पाँचौ खेलाडी बनेका छन् । उनले १०० गोल पुरा गर्न १ सय ३७ खेल खेलेको छन।

जितसंगै पीएसजीले १३ खेलबाट २८ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित मोन्टपेलियरको १३ खेलबाट २३ अंक सहित छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi