neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना काडिजसंग २-१ गोलले पराजित

Dec 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ मङ्सिर

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार बेहोरेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनालाई काडिजले २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्ने क्रममा काडिजको लागि अल्भारो जिमेने र अल्भारो नेगरेडोले एक-एक गोल गरे ।

खेलको ८ औं मिनेटमा अल्भारो जिमेनेले गोल गर्दै काडिजलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५७ औं मिनेटमा काडिजका पेड्रो अल्कालाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो। तर खेलको ६३ औं मिनेटमा अल्भारो नेगरेडोले गोल गर्दै काडिजलाई २-१ को जित दिलाए ।

जितसँगै काडिजले १२ खेलबाट १८ अंक जोडेको छ र पाँचौ स्थानमा छ । पराजित बार्सिलोनाको १४ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi