neapl investment mega bank
  • गृहपृष्ठ
  • नेप्से लगभग रातै , जलबिद्युत र लघुबित्त बाहेक सबै समुहले गुमाए

नेप्से लगभग रातै , जलबिद्युत र लघुबित्त बाहेक सबै समुहले गुमाए

Dec 3rd, 2020

काठमाडौ, मंसिर १८

आज नेप्से रातै भएको छ । नेप्से आज १५ दसमलव ५७ अंकले घटेर दुई हजार ५५ दसमलव ४५ अंकमा झर्दा सेन्सिटिभ तीन दसमलव ७६ अंकले घटेर तीन सय ९२ दसमलव २९ अंकमा पुुगेको छ । दुुई सय वटा कम्पनीहरुको ६४ हजार चार सय २६ पटकको कारोवारमा एक करोड ५८ लाख ८९ हजार पाँच सय ६० कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम आठ अर्ब दुुई करोड ६० लाख २३ हजार सात सय ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत र लघुबित्त समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक आठ दसमलव ७३ अंकले घटेर १४ सय ९८ दसमलव ५९ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा एभरेष्ट बैंकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।