neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुनका गहना लुटपाट गरेको अभियोगमा पक्राउ

सुनका गहना लुटपाट गरेको अभियोगमा पक्राउ

Dec 3rd, 2020

काठमाडौं, मंसिर १८

टोखा नगरपालिका ९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ बर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका ३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका ९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई उक्त गरगहना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi