neapl investment mega bank

भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु

Dec 3rd, 2020

उदयपुर, मंसिर १८

बेलका नगरपालिका १ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोलाको भरुवा बन्दुक पड्किदा बुधबार राति घटनास्थलमै मृत्यु भएको छ ।

उक्त कार्यालयबाट गस्ती गर्ने क्रममा सोही नगरपालिकास्थित बुलबुल सामुदायिक बनमा भरुवा बन्दुक सहित मानिसहरु भेटी लखेट्ने क्रममा भरुवा बन्दुक फाली मानिसहरु फरार भएपश्चात बन्दुक नियन्त्रणमा लिई कार्यालयमा ल्याई बास्तोलाले उक्त भरुवा बन्दुक गाडीबाट निकाल्ने क्रममा एक्कासी पड्कदा उनको मृत्यु भएको बुझिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।