neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘हल्टप्राइज एट आईओई २०२० –२१’ कार्यक्रमको फाइनल कार्यक्रम सम्पन्न हुने

‘हल्टप्राइज एट आईओई २०२० –२१’ कार्यक्रमको फाइनल कार्यक्रम सम्पन्न हुने

Dec 3rd, 2020

काडमाडौं, मंसिर १८

ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२०–२१’ कार्यक्रमको फाइनल कार्यक्रम सम्पन्न हुनेछ ।


केही अगाडि एकदमै लोकप्रियता कमाउन सफल भएको “उद्यमशीलता सम्बन्धी टक सिरिज” यही हल्ट प्राइज एट आईओई २०२०–२१ को पुर्व कार्यक्रमहरू हुन् । अर्थात् यो शनिबार हुन लागिरहेको यस्को मुख्य कार्यक्रम हो । उक्त कार्यक्रमको फाइनलमा हामीलाई परिचय नै नचाहिने महजोडिको मदन कृष्ण श्रेष्ठ, तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, युवामाझ एकदमै लोकप्रियता पाउन सफल भएका गायकहरू स्वप्न सुमन र सुदिन पोखरेलको उपस्थिति हुनेछन ।

यस्तै हल्ट प्राइजको ग्राण्ड फाइनलमा जजको रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य, वुनसल्टिग्का प्रमुख परिचालन अधिकारी तथा गुगलका पूर्व-वरिष्ठ रणनीति र अपरेशन प्रबन्धक जेरी ली, उद्यमी तथा खाना र कृषि विज्ञ ल्युक स्मिथ, उद्यमी अरिफ नेजमी, पुरस्कार जित्दै आएका वरिष्ठ डाक्टरसाथै युएनको दीगो विकास लक्ष्यहरूको अधिवक्ता डा. अला मुराबित, युएन, विल एण्ड मेलिन्डा गेट्स इन्टिट्युट तथा एकदमै प्रभाव पार्न सकेका यसएम साइकत रहने छन् । उनीहरुले त्रिभुवन विश्वविद्यालयका १३ वटा इन्जीनियरीयङ कलेजबाट सेमिफाइल तथा वाइल्डकार्डमा छानिएका २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनबाट शीर्ष टिमहरूको छनोट गरिनेछ ।

यी टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०–२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश-विदेशका धेरै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत नै विशेष कार्यशालाहरू र सल्लाहकार कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले कुल मिलाएर नेपाली १२ लाखका विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन् । अन्तिममा पर्ने तीन वटा नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रिय प्रतिष्पर्धामा भाग लिन पनि पाउनेछन । ५० भन्दा बढी मुलुकमा क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ। क्षेत्रिय प्रतिस्पर्धापछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ । र, यहीँ कार्यक्रममार्फत १० लाख अमेरिकी डलर रकम पाउने टोली छनोट हुनेछ ।

हल्ट प्राइज एट आईओई २०२०–२१को प्लेटिनम प्रायोजक नेपाल टेलिकम तथा सुन प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लि. रहेका छन् । सोही दिनमा धेरै कला प्रस्तुती र मनोरन्जात्मक कार्यक्रमहरू पनि हुने छ र हामी सबै जना दर्शक बनेर सो कार्यक्रम फ्रिमा सहभागीता जनाउन पाइनेछ । कार्यक्रम शनिबार १० देखि साँझ ७ बजेसम्म चल्ने छ । कार्यक्रममा सहभागी हुन यस लिङ्कमा गएर दर्ता हुनुपर्ने छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi