neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सीको जितमा जिराउड एक्लैले गरे चार गोल

चेल्सीको जितमा जिराउड एक्लैले गरे चार गोल

Dec 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ मङ्सिर

च्याम्पियन्स लिग फुटबलमा ओलिभियर जिराउड चम्किदा चेल्सीले सेभियालाई पराजित गरेको छ ।बुधबार राति भएको समूह (ई) को खेलमा चेल्सीले सेभियालाई ४–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन ओलिभियर जिराउड एक्लैले चार गोल गरे । जिराउडले एक गोल पहिलो हाफ र तिन गोल दोस्रो हाफमा गरेका हुन् ।

खेलको आठौं मिनेटमा जिराउडले काई हावर्ड्जको पासमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा कोभासिसको पासमा जिराउडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।७४ औँ मिनेटमा कान्टेको पासमा जिराउडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।

त्यसपछि ८३ औँ मिनेटमा जिराउडले व्यक्तिगत चौथो गोल गर्दै चेल्सीलाई ४-० को शानदार जित दिलाए ।

जितसंगै चेल्सीले ५ खेलबाट १३ अंक जोडेको छ र शीर्ष स्थानमा छ।पराजित सेभियाको ५ खेलबाट १० अंक छ र दोस्रो स्थान छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi