neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजीसंग युनाईटेड पराजित , नेयमारले गरे दुई गोल

पीएसजीसंग युनाईटेड पराजित , नेयमारले गरे दुई गोल

Dec 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ मङ्सिर

यूइएफ च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।बुधबार राति भएको समूह (एच) को खेलमा पीएसजीले म्यान्चेष्टर युनाईटेडलाई ३-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेइमारले दुई गोल र मार्कुन्होसले एक गोल गरे । युनाईटेडको मार्कुस रासफोर्डले एक गोल फर्काए ।

खेलको छैटौ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।३२ औं मिनेटमा युनाईटेडका मार्कुस रासफोर्डले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ६९ औं मिनेटमा मार्कुन्होसले गोल गर्दै पीएसजीलाई २-१ ले अघि बढाए।

त्यसको १ मिनेटपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।युनाईटेडका फ्रेडले दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएका थिए।

त्यसपछि इन्जुरी समयमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-१ को शानदार जित दिलाए ।

जितसंगै समूह (एच)मा रहेको पीएसजीले ५ खेलबाट ९ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित युनाईटेडको पनि ५ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi