neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • यूईएफए च्याम्पियन्स लिग :बार्सिलोनाको सहज जित

यूईएफए च्याम्पियन्स लिग :बार्सिलोनाको सहज जित

Dec 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ मङ्सिर

बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ।बुधबार राति भएको समूह (जी) को खेलमा हंगेरी क्लब एफटीसीलाई ३–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एन्टोनि ग्रिजम्यान,मार्टिन ब्रेथवेट र डेम्बेलेले एक एक गोल गरे । बार्सिलोनाले सबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसको ६ मिनेटपछि मार्टिन ब्रेथवेटले डेम्बेलेको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको २८ औं मिनेटमा डेम्बेलेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । ब्रेथवेटलाई डिबक्सभित्र फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।त्यसपछि कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितसंगै यसअघि नै अन्तिम १६ मा पुगेको समूह (जि)मा रहेको बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानको युभेन्ट्सको ५ खेलबाट १२ अंक छ ।तेस्रो स्थानको
डाइनामो किभको १ अंक छ ।एफटीसीको पनि १ अंक छ र पुछारमा छ ।

बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग भिडदै छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi