neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

Dec 2nd, 2020

काठमाडौ, मंंसिर १७

महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस कार्ड सेवा नेट फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

बैक भिसा कन्ट्याक्टलेस कार्ड सेवा कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।