neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

Dec 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ मङ्सिर

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह (डी) को खेलमा डच क्लब अजाक्सलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो ।

लिभरपुललाई जित दिलाउन कर्टिस जोन्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।जोन्सले खेलको ५८ औं मिनेटमा निको विलियमको पासमा गोल गरेका हुन् ।लिभरपुलको लागि च्याम्पियन्स लिगमा जोन्सले पहिलो गोल गरेका हुन् ।

जितसंगै समूह (डी)मा रहेको लिभरपुलले ५ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित अजाक्सको ७ अंक छ र तेस्रो स्थानमा छ ।

यहि समूहको अर्को खेलमा एटलान्टा एफसी मिडजिलेन्डसंग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा एटलान्टालाई मिडजिलेन्डले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा एटलान्टाको लागि क्रिस्टियन रोमेरोले एक गोल गरे भने मिडजिलेन्डको लागि अलेक्जेन्डर शोलजले एक गोल गरेका थिए।

जितसंगै समूह (डी)मा रहेको लिभरपुलले ५ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित अजाक्सको ७ अंक छ र तेस्रो स्थानमा छ ।एटलान्टाको १२ अंक छ र दोस्रो स्थानमा छ ।मिडजिलेन्डको १ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi