neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधान सेनापति महारथी थापाद्वारा निरीक्षण भ्रमण

प्रधान सेनापति महारथी थापाद्वारा निरीक्षण भ्रमण

Dec 1st, 2020

काठमाडौ, मंसिर १६

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले हुम्ला स्थित नयां भैरवीदल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गरेकाछन । प्रधान सेनापती थापाले आज मंगलबार उक्त क्षेत्रहरुको भ्रमण गरेका हुुन ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गुल्म, एयर वेश र पृतना हे.क्वा. को स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकल दर्जालाई सम्बोधन गरेका थिए । साथै उनले यही मंसिर १७ र १८ गते सुदुर पश्चिम पृतना हे.क्वा. लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।