काठमाडौ, मंसिर १६
चर्चित नेपाली चलचित्र अभिनेत्री, मोडल, डाईरेक्टर र मिस टिन नेपाल २००५ की विजेता प्रियंका कार्कीले नेपालमा टोनी एण्ड गाईज को पहिलो सैलुुन दरबार मार्ग, काठमाडौंमा डिसेम्बर १ का दिन उद्घाटन गरेकीछन । उच्चस्तरको सेवाहरु प््रादान गर्ने यो सैलुुन दरबार मार्ग, काठमाडौं स्थित दरबार मलको तेस्रो तल्लामा रहेको छ । आफ्नो उत्कृष्ट सेवाहरु प्रदान गर्न तत्पर रहेको सैलुुनले जनाएको छ ।
कोभिड महामारीका कारण लामो समय देखि रोकिएको यसको उद्घाटन अहिले सम्पन्न भएको छ । टोनी एण्ड गाईज विश्वभरि नै प्रतिष्ठित थुप्रै पुरस्कारहरुले सम्मानित हेयर ड्रेसिङ्ग ब्रान्ड हो जसको शिक्षा, विशिष्ठ क्लाइन्ट सर्भिस र हेयरकेयर विशेषज्ञका रुपमा ५० वर्ष भन्दा बढीको अनुभव रहेको छ । विश्वभरिका आफ्ना वफादार र स्नेही ग्राहकहरुलाई उच्चस्तरको सेवाहरु प्रदान गरिरहेको टोनी एण्ड गाईज आजदेखि शुरु भएको सफ्ट ओपनिङ्गमा आफ्नो पहिलो सेटको नेपाली ग्राहकहरुलाई स्वागत गरेको छ ।
टोनी एण्ड गाईज लन्डनबाट शुरु भएको ब्रान्ड हो र यसको विश्वभरि ४५० शाखाहरु रहेका छन् । टोनी एण्ड गाईजले विश्वभरि नै समान प्रकारको स्ट्यान्डर्ड मेन्टेन गर्न आफ्ना सिपालु हेयर ड्रेसरहरु र स्टाईलिस्टलाई टोनी एण्ड गाईजद्वारा विकसित कठोर प्रकारको ट्रेनिङ्ग दिन्छ । यसमा अन्तर्राष्ट्रिय गुणस्तरको सेवाहरु एकदम उत्तम वातावरणमा प्रदान गरिन्छ जहाँ कोभिड—१९ विरुद्ध गोल्ड स्ट्यान्डर्ड हाइजिन कोड फलो गरिन्छ ।
फ्रेन्चाइजका अनुसार उहाँहरुको उद्देश्य सम्पूर्ण ग्राहकवर्गहरुलाई उत्कृष्ट ट्रिटमेन्ट र हेयरकेयर विशेषज्ञ सेवाहरु प््रादान गर्नु हो । प्रियंका कार्की भन्छिन, टोनी एण्ड गाईज एकदमै रिफ्रेसिङ्ग देखिन्छ, यसको आफ्नै स्ट्यान्डर्ड र क्लास छ । यदि तपाईं स्किन केयर, हेयर केयरमा ईच्छुक हुनुहुन्छ र जेनुइन प्रडक्टहरुको चाहना राख्नुहुन्छ भने तपाईंले एकपटक अवश्य आउनुहोस् ।’’