neapl investment mega bank
  • गृहपृष्ठ
  • मंगलबार थपिए १३०४ कोरोना संक्रमित , २०७३ जना डिस्चार्ज,२१ जनाको मृत्यु

मंगलबार थपिए १३०४ कोरोना संक्रमित , २०७३ जना डिस्चार्ज,२१ जनाको मृत्यु

Dec 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर १६

मंगलबार थप १३०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ८ हजार ५८३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५८३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६०१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ जना छन् । हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २ हजार ७३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७३ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ५ सय २९ पुगेको छ। मंगलबार मात्रै २१  जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।