neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिने कान्छी पक्राउ

चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिने कान्छी पक्राउ

Nov 30th, 2020

ललितपुर, मंसिर १५

चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिने पक्राउ कान्छी पोडे पक्राउ परेकीछन । महानगरीय प्रहरी परिसर ललितपुरले चोरी भयो भनि झुठा अफवाह फैलाउने घर धनी पोडेलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यही मंसिर १४ गते आईतबार अन्दाजी दुई बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी न. पा. वडा नं.१ स्थित सानु कान्छा पोडेको घरमा नगद २६ लाख रुपैयाँ, २ तोला सुनको सिक्री थान १,१ तोलाको सुनको सिक्री थान १, २ तोलाको हातमा लगाउने बाला थान१, कानमा लगाउने झुम्का आधा तोला १ जोर, ५ तोलाको चाँदीको पाउजु १ जोर र २० तोलाको चाँदीको मन्दिर समेत चोरी भएको भनि वृत्त सातदोबाटोमा मौखिक जानकारी प्राप्त भई तत्काल वृत्त सातदोबाटोबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई घटनास्थलमा पुगी घटना स्थल हेर्दा ढोका फोडिईएको, दराज फोडिईएको, सामानहरु छरपष्ट अवस्थामा रहेको थियो ।

उक्त चोरी भएको घटना बारेमा सुक्ष्म रुपमा अनुसन्धान गर्दा घटनास्थल चोरी भएकै जस्तो देखिने गरी घटनास्थल रहेकोमा, शंका लागि सोही घर खान तलासी गर्दा चोरी भएको भनिएको माथी उल्लेखित नगद तथा गर गहना सहितका सामानहरु घरकै माथील्लो तल्लामा रहेको पुजा कोठामा घर धनी सानु कान्छा पोडेको श्रीमती कान्छी पोडेले उक्त पुजा कोठामा रहेको स्टिलको दराजको सेफ भित्र लुकाएको अवस्थामा प्रहरी टोलीले फेला पारी उक्त चोरी भयो भनि झुठा अफवाह फैलाउने घर धनी कान्छी पोडेलाई पक्राउ गरी उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi