neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनाको सानदार जित,मेस्सीले मैदानबाट म्यारोडोनाप्रति श्रदान्जली अर्पण गरे

बार्सिलोनाको सानदार जित,मेस्सीले मैदानबाट म्यारोडोनाप्रति श्रदान्जली अर्पण गरे

Nov 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ मङ्सिर

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ।घरेलु मैदान क्याम्प नाउमा आइतबार सम्पन्न भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी,मार्टिन ब्रेथवेट,एन्टोइन ग्रिजमान र फिलिप काउन्टीहोले एक-एक गोल गरे । बार्सिलोनाले दुई गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २९ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। ४२ औँ मिनेटमा एन्टोइन ग्रिजमानले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५७ औँ मिनेटमा फिलिप काउन्टीहोले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यसपछि ७३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै टोलीलाई ४-० को शानदार जित दिलाए ।

गोल गरेपछि मेस्सीले अर्जेन्टाइन लेजेण्ड  डिएगो म्यारोडोनाप्रति श्रदान्जली अर्पण गरेका थिए ।मेस्सीले अर्जेन्टाइन क्लब नेवेलको ओल्ड ब्वाईज को जर्सी देखाउँदै म्याराडोनाप्रति गोल समर्पित गरेका थिए ।

जितसंगै बार्सिलोनाले ९ खेलबाट १४ अंक जोडेको छ र सातौं स्थानमा उक्लिएको छ । पराजित ओसासुनाको ११ अंक छ र १५ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi