neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Nov 29th, 2020

काठमाडौं, मंसिर १४

रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका १ बगाहा स्थित सेमरपानी ईलाकाबाट मंसीर १४ गते एपीएफ टोलीले करीव एक लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय बेलहियामा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ३५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा वेश भैरमपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १४ गते करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईलका पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईलका पार्ट्स एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित धमौलीबाट बरामद गरेको हो । बरामद मोवाईलका पार्ट्स भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi