काडमाडौ, मंसिर १४
नेपाल कृषि बजार विकास कार्यक्रम (एन ए एम डि पी) दोश्रो चरण लाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयका सह–सचिव श्री कृष्ण नेपाल र नेपाल का लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापलर बीच सम्झौतामा हस्ताक्षर भै आदान प्रदान भएको छ ।
स्वीट्जरल्याण्डले चार बर्षे कार्यक्रम (डिसेम्वर २०२० देखि नोभेम्वर २०२४) को लागि स्वीस फ्र्याङ्क ९.५४ मिलियन सहयोग गर्ने छ, जुन प्रदेश १ मा कृषि बजारको सफल रुपान्तरणको माध्यमबाट रोजगार सृजना गर्न र किसानहरुको आम्दानी बढाउन केद्रित हुनेछ । एनए एम डि पी को दोश्रो चरणमा विशेष गरि कृषि क्षेत्रका साना र मध्यम उद्यमहरुका लागि सहयोग सेवाहरुको प्रावधानलाई सुदृढ गरि छनौट गरिएको मूल्य श्रृखलामा व्यापार मुल्यमा वृद्धि गर्न मद्त गर्ने छ । यस परियोजनाले १,००० नयाँ रोजगारी सिर्जना गर्ने छ र २०,००० किसानहरुलाई खेती– आम्दानी मार्फत लाभान्वित गर्ने छ ।