neapl investment mega bank
  • गृहपृष्ठ
  • वर्षासँग जिस्किँदा पल शाहको भयो यो हालत (हेर्नुस् भिडियाे)

वर्षासँग जिस्किँदा पल शाहको भयो यो हालत (हेर्नुस् भिडियाे)

Nov 29th, 2020

काठमाडौ, मंसिर १४

गीतकार तथा संगीतकार बाल कृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थलमध्येको एक गोदावरीमा छायाङकन गरिएको छ । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ ।

फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ । जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् । निर्देशक गम्भीर विष्टले निकै मेहेनत गरेका उक्त गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् ।

गीतकार न्यौपानेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।