neapl investment mega bank
  • गृहपृष्ठ
  • अनलाइन पढाइका कारण मोबाइल र ल्यापटपको खपत बढ्यो, चार महिनामै १६ अर्ब १५ करोडको आयात

अनलाइन पढाइका कारण मोबाइल र ल्यापटपको खपत बढ्यो, चार महिनामै १६ अर्ब १५ करोडको आयात

Nov 29th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, १४ मङ्सिर

महामारी फैलिएसँगै वित्तीय कारोबार मात्रै होइन पठपाठन पनि डिजिटल माध्यमबाट भैरहेको छ । डिजिटल माध्यमबाट पठनपाठन गर्न थालेसँगै गत वर्षको तुलनामा यो वर्षको ४ महिनामा झन्डै २ लाख मोबाइल बढि भित्रिएका छन् ।

कोरोना महामारी फैलिएपछि सरकारले लकडाउनको घोषणा गर्याे ।सबै मानिस घरमा बन्द भए पछि इन्टरनेटको प्रयोग बढ्यो । आर्थिक कारोबार मात्रै होइन, पठनपाठनका लागि पनि इन्टरनेटको प्रयोग बढेपछि यता मोबाइल र ल्यापटपको खपत पनि ह्वात्तै बढ्यो ।

भन्सार विभागका अनुसार गत वर्षको कात्तिक मसान्त सम्म ८ अर्ब ६२ करोडको २० लाख मोबाइल आयात भएकोमा यो वर्षको सोहि अवधिमा १४ अर्ब १५ करोडको २१ लाख ९० हजार मोबाइल भित्रिएका छन् । य

सरी हेर्दा यो वर्ष गत वर्षको तुलनामा २ लाख बढि मोबाइल सेट भित्रिएका छन् । मोबाइल आयातबाट राज्यलाई मात्रै १ अर्ब ३६ करोड राजस्व संकलन भएको छ । मोबाइल आयात ह्वात्तै बढेपनि यो पहिला जस्तो मनोरञ्जनका लागि मात्रै नभई शिक्षाका लागि प्रयोग भएकाले यसलाई नकारात्मक रुपमा लिन नहुने सरकारकोे भनाई छ ।

अनलाइन शिक्षासँगै मोबाइल बजारमा भने ग्राहकको भिड बढेको छ । महामारीमा अन्य व्यवसायी कसरी व्यवसाय बचाउने होला भन्ने सोचमा रहेका बेलामा मोबाइल बिक्रेताहरुले भने राम्रो आम्दानी गरेका छन् । मोबाइलमा यसअघि अंकित मूल्यमा पसलेहरुले केहि छुुट दिने गरेकामा अहिले भने माग बढेपछि ग्राहकले त्यस्तो छुट पाएका छैनन् ।

यता ल्यापटपको मूल्य त बजारमा ह्वात्तै बढेको छ । मोबाइल मात्रै होइन अनलाइन शिक्षाका लागि प्रयोग हुने ल्यापटप पनि यो वर्ष झन्डै २ अर्ब ८ करोडको आयात भएको छ । ल्यापटपको माग अनुसार आयात हुन नसक्दा खरिदकर्ताले बढि मूल्यमा समेत किन्नु परिराखेको छ ।

बजारमा अहिले १५ हजार देखि ३० हजारसम्मका फोन बढि बिक्री भएका छन् । अनलाइन शिक्षाका लागि प्रयोग भएका मोबाइलको खपत महामारी रहेसम्म बढ्ने देखिन्छ ।

तर अब बिस्तारै व्यवसायिक गतिबिधि मात्रै होइन देशका विभिन्न भागमा स्कुल तथा कलेज समेत खुल्न थालेका छन् । जसका कारण अब बिस्तारै ल्यापटप र मोबाइलको खपत घट्ने अपेक्षा गर्न सकिन्छ ।