neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ब्राइटनसँग बराबरीमा रोकिए पनि लिभरपुल शीर्ष स्थानमा

ब्राइटनसँग बराबरीमा रोकिए पनि लिभरपुल शीर्ष स्थानमा

Nov 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ मङ्सिर

सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई ब्राइटनले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा लिभरपुलको लागि डिएगो जोटाले एक गोल गरे भने ब्राइटनको लागि पास्कल ग्रबले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको ६० औं मिनेटमा डिएगो जोटाले मोहमद सलाहको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको इन्जुरी समयमा ब्राइटनका पास्कल ग्रबले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

लिभरपुलका एन्ड्र्यू रबर्टसनले ब्राइटनका ड्यानी वेलब्याकलाई पेनाल्टी क्षेत्रमा फउल गरेका थिए। प्राप्त पेनाल्टीमा ब्राइटनका ग्रोसले सहजै गोल गरे ।

बराबरीपछि पनि लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले १० खेलबाट २१ अंक जोडेको छ ।ब्राइटनले १० खेलबाट १० अंक जोडेको छ र १६ औं स्थानमा छ। एक खेल कम खेलेको टोटनह्यामको २० अंक छ र दोस्रो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi