neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिरि ए : युभेन्ट्स बेनेभेन्टोसँग बराबरीमा रोकियो

सिरि ए : युभेन्ट्स बेनेभेन्टोसँग बराबरीमा रोकियो

Nov 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ मङ्सिर

इटालियन सिरि ए फुटबलमा युभेन्ट्स बेनेभेन्टोसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सलाई बेनेभेन्टोले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा युभेन्ट्सको लागि एल्वारो मोराटाले एक गोल गरे भने बेनेभेन्टोको लागि गाएटोनो लेटिजियाले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो । खेलको २१ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा बेनेभेन्टोका गाएटोनो लेटिजियाले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।त्यसपछि दोस्रो हाफमा कुनै गोल हुन सकेन र युभेन्ट्सलाई बेनेभेन्टोले १-१ गोलको बराबरीमा रोकेको हो ।

दोस्रो हाफको इन्जुरी समयमा युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो ।युभेन्ट्सका एल्वारो मोराटाले दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएका थिए।

बराबरीसँगै युभेन्ट्सले ९ खेलबाट १७ अंक जोडेको छ र पाँचौ स्थानमा छ। बेनेभेन्टो ९ खेलबाट १० अंक छ र १२ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi