neapl investment mega bank

अब राजसंस्थाको विकल्प छैन : मेयर राणा

Nov 28th, 2020

बाँके, मंंसिर १३

राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाको माग गर्दै आज नेपालगञ्वमा वृहद् प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा आज हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग राख्दै नेपालगन्जमा विशाल शक्ति प्रदर्शन भएको हो ।

नेपालगञ्जको बागेश्वरी मन्दिर अगाडीबाट सुरु भई धम्बोझी चोकमा समापन भएको ¥यालीमा सयौंको संख्याका मोटरसाइकलसहित आएका राजसंस्था पक्षधरहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनस्र्थापना सहित संघीयता खारेजीको माग राख्दै शक्ति प्रदर्शन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता धवल शम्शेर राणाले अब मुलुकको विकासका लागि राप्रपाको विकल्प नभएको बताउनुभएको थियो ।

सम्बोधनका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहनुभएका राणाले नेकपाको सरकारले मुलुकलाई ध्वस्त पारेको आरोप लगाउँदै राजाबिनाको देशको परिकल्पना गर्न समेत नसकिने स्पष्ट पार्नुभयो । विदेशी शक्तिको आडमा जवर्जस्ती थोपरिएको गणतन्त्र र संघीयता देशले धान्न नसक्ने उहाँले बताउन’भयो । शक्ति प्रदर्शनको कमान्ड राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले सम्हाल्नुभएको थियो ।

राजसंस्थाको पुनःस्थापनाको माग राख्दै गरिएको शक्ति प्रदर्शनमा मोटरसाइकलमा मात्रै नभई गाडी,अटो, रिक्सा र साइकलमा समेत हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना पक्षधरहरु बादीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । शक्ति प्रदर्शनमा नेपालगन्जका मेयर डा। धवल शम्शेर राणा, नेपालगन्ज ४ का अध्यक्ष एवं राप्रपाका युवा नेता मो।।सफिक बेहना लगायत राप्रपाका अधिकांश नेताहरुको उपस्थिति रहेको थियो ।

सरकारको सानदार असफलतासँगै राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाको माग गर्दै देशका प्रमुख सहरहरुमा प्रदर्शन जारी रहेको छ । सरकार र सम्बद्ध दल आपसी द्वन्द्वमा अल्झिएको र प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेस रमिते मात्र भएको वर्तमान अवस्थामा आम जनताहरु स्वतस्फुर्त तवरले विकल्पको खोजीमा सडकमा उत्रन थालेका छन् ।