neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १३८० जनामा कोरोना सङ्क्रमण ,५१५ जना डिस्चार्ज ,१९ जनाको मृत्यु

थप १३८० जनामा कोरोना सङ्क्रमण ,५१५ जना डिस्चार्ज ,१९ जनाको मृत्यु

Nov 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १३ मङ्सिर

शनिबार थप १३८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ९ हजार ३६८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ३६८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६८० रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना छन् । हालसम्म १७ लाख १९ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ५१५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५१५ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २ लाख ११ हजार १८६ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ४ सय ५४ पुगेको छ।शनिबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।