neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्वावलम्बन विकास केन्द्रको २९ औँ साधारण सभा सम्पन्न

स्वावलम्बन विकास केन्द्रको २९ औँ साधारण सभा सम्पन्न

Nov 28th, 2020

काठमाडौ, मंंसिर १३

२०७७ मंसिर १२ गते शुक्रवार स्वावलम्बन विकास केन्द्रको २९ आँै साधारण सभा सम्पन्न भएको छ । कोरोना महामारीका कारण केन्द्रले आफ्नो साधारण सभा अनलाईन माध्यमवाट सम्पन्न गरेको हो । साधारण सभाले उद्यमशीलता प्रवद्र्धन र पर्यावरण मैत्री गाउँ विकास गर्न पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।

सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०७६।७७ को आय ब्यय विवरण तथा कार्य प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रले गत आर्थिक बर्ष २०७६।७७मा लघुवित्त संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता तथा दक्षता अभिबृद्धि गर्न विभिन्न विषयमा ७ वटा तालिम, २० वटा गोष्ठि तथा अन्तर्राष्ट्रिय स्तरमा लघुवित्तमा भएका नयाँ–नयाँ कार्य प्रणाली वारे जानकारी गराउन ६ वटा अन्तर्राष्ट्रिय अध्ययन अवलोकन भ्रमणहरुको आयोजना गरेको थियो । जसवाट विभिन्न लभुवित्त संस्थाका ८८० जना पदाधिकारी तथा कर्मचारीहरु लाभान्वित भएका थिए ।

श्रेष्ठले आर्थिक बर्ष २०७६।७७ मा “स्वच्छ लघुवित्त हाम्रो अभियान”को सन्देश गाउँ स्तर सम्म पु¥याउन सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशमा प्रदेश स्तरीय लघुवित्त सदस्य सम्मेलन सम्पन्न गरेको र जसमा २०९ महिला र ५७ जना पुरुष गरी २६६ जना सहभागी रहेको तथ्य प्रस्तुत गरेका थिए । यसैगरी केन्द्रले दुईवटा कार्य विवरण र तीनवटा अध्ययन प्रतिवेदन तयार गरेकोे जानकारी दिए ।

प्रतिवेदन प्रस्तुतीका क्रममा अध्यक्ष शंकर मान श्रेष्ठले आगामी दिनमा गरीब, विपन्न तथा पिछडीएका समुदाय र महिलाहरुको जिवनस्तर उकास्न लघुवित्त संस्थाहरु मार्फत पहल गर्ने वताए । जस अन्तरगत आर्थिक बर्ष २०७७।७८का लागि लकडाउनका कारण लघुवित्त क्षेत्रमा परेको असर र चुनौतिहरुको सामना गर्न नियमित रुपमा अनलाईन वेविनारहरु आयोजना गर्ने, सदस्यको क्षमता विकास र तिनका छोराछोरीहरु एवं विदेशबाट फर्केका युवा जनशक्तिलाई स्वदेशमै लघुउद्यम÷ब्यवसाय गर्न आवश्यक सीप विकासको लागि तालिमको ब्यवस्था गर्ने, स्थानीय स्तरमा लघु उद्यम तथा उद्यमशीलता प्रवद्र्धन गर्न उत्कृष्ट लघुउद्यमी महिला सदस्यहरुलाई उद्यमशीलता विकास पुरस्कार प्रदान गरी प्रोत्साहित गर्ने लगायतका रणनीति तय गरेको जानकारी गराएका थिए । सोही क्रममा केन्द्रले चालु आर्थिक बर्षमा लघुवित्त सेवावाट वञ्चित अति विपन्न परिवार तथा समुदाय सम्म सेवा पुर्याउन लघुवित्त संस्थाहरु संग समन्वय गर्ने तथा वढ्दो पर्यावरणीय विनास र यसको कारण उत्पन्न जोखिमहरु संग जुध्न पर्यावरणमैत्री गाउँ विकास कार्यक्रमहरु संचालन गर्न लघुवित्त संस्थाहरुलाइ आग्रह गर्ने जस्ता रणनीतिहरु प्राथमिकतामा राखेको जानकारी गराए ।
लेखा परीक्षण सहित, नीति तथा कार्यक्रम प्रतिवेदन २९ औँ साधारण सभाबाट सर्बसम्मतिले पारित भएको छ । सभामा उपस्थित सदस्यहरुले केन्द्रका नीति तथा कार्यक्रमहरु सह्रानीय भएको भन्दै आफ्नो तर्फवाट सहकार्य गर्न सकिने धारणा ब्यक्त गरेका थिए ।

उपस्थित सदस्यहरुले स्वावलम्बन विकास केन्द्रको संयोजन तथा ग्रामीण प्रबिधि केन्द्रको सहकार्यमा शुरु गर्न लागेको पर्यावरण मैत्री गाउँ (इको भिलेज) निर्माण अभियानलाई सबैले सहकार्य गरेर देशव्यापी अभियानको रुपमा लैजान सकिने धारणा राखेका थिए । वक्ताहरुले वालवालिकाहरुलाई उद्यमशीलता विकासमा उत्पे्ररीत गर्ने उदेश्यले हरेक लघुवित्त संस्थाले कम्तिमा एउटा ग्रामिण क्षेत्रको विद्यालय छनौट गरी अपनत्व लिन केन्द्रले गर्ने आग्रह सकारात्मक रहेको धारणा राखेका थिए । छलफलका क्रमममा सहभागीहरुले केन्द्रका सदस्य संस्थाहरुले वजारीकरणको सञ्जाल निर्माणकालागि थप छलफल गर्नु पर्ने विचार ब्यक्त गरेका थिए । यसै गरी उद्यमी सदस्यका छोराछोरिहरुलाई दोस्रो पुस्ताको उद्यमीको रुपमा विकास गर्न केन्द्रले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएकोले यसलाई विस्तार गर्नु पर्ने धारणा राखेका थिए । यसै गरी उद्यमी सदस्यहरुका छोराछोरीहरुलाई दोस्रो पुस्ताको लघुउद्यमीका रुपमा विकास गर्न संचालीत कार्यक्रम प्रभावकारी भएकोले यसलाई विस्तार गर्नु पर्ने धारणा पनि ब्यक्त गरेका थिए ।

वित्तीय पहुचको माध्यमवाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जीवनस्तर माथि उकास्दै गरिबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्रका देशभर ४३ वटा संस्थागत सदस्य, १२ जना ब्यक्तिगत सदस्य तथा करिव एक दर्जन अन्तर्राष्ट्रिय साझेदार संस्थाहरु छन् ।

विगत २९ बर्षको दौरानमा केन्द्रले पिछडिएको समुदाय, विपन्न बर्ग, विशेषतः गरीब पिछडिएका महिला वर्गको सामाजिक र आर्थिक अवस्था उकास्न विभिन्न परियोजना तथा कार्यक्रमहरु संचालन गरेको छ । विक्रम संवत २०४८ साल पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्ला वाट सामुदायिक स्वावलम्बन विकास परियोजना संचालन गरेर कामको शुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुरमा स्वावलम्बन बैंकिङ्ग कार्यक्रम शुरुवात गरेकोे थियो । गरिब र विपन्न महिलाहरुमा वित्तीय पहँुच पु¥याउने लक्षका साथ परीक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । विक्रम संवत २०५१ सालमा शुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वितीय संस्था लि.) मा रुपान्तरण भई हाल देशभरी विस्तार भएको छ । स्वावलम्बन विकास केन्द्र विपन्न वर्ग माँझ लघुवित्त कार्यक्रम संचालन गर्न नेपाल राष्ट्र बैकवाट स्विकृती प्राप्त गर्ने पहिलो संस्था हो ।

हाल लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता, वित्तीय साक्षरता, उद्यमशीलता, विकास गर्नको लागि राष्ट्रिय तथा क्षेत्रिय स्तरमा सभा, सम्मेलनको पनि आयोजना गर्ने गरेको छ । ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अगाडी वढेको स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रम संचालन गरी रहेका संस्थाहरुलाई सदस्यता प्रदान गरी उनीहरुको क्षमता विकास गर्दै आफ्नो संजालमा व्यापकता दिदै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi