neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nov 27th, 2020

कास्की, मंसिर १२

आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।