neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

भतिजको कुटाइबाट काकाको मृत्यु

Nov 27th, 2020

जलेश्वर, १२ मङ्सिर /रासस

आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका १ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi