neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीद्धारा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको समुदघाटन

प्रधानमन्त्री ओलीद्धारा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको समुदघाटन

Nov 26th, 2020

काठमाडौ, मंसिर ११

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको आज एक विशेष समारोहका बीच प्रधानमन्त्री निवास वालुवाटारमा समुदघाटन गरेकाछन ।

समुदघाटन समारोहलाई संवोधन गर्दे प्रधानमन्त्री ओलीले अवको चुनौतीपूर्ण घडीमा मुलुकको आर्थिक विकासलाई अगाडी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघको मुलुुकको आर्थिक विकासमा निकै ठूलो योगदान रहेको चर्चा गर्नुहुंदै उहांले आफूले महासंघलाई सदैव उच्चस्थानमा राखेको पनि बताए ।

वर्तमान कार्यकालसंग पनि सरकारले साझेदारीमा थुप्रै कार्य गरेको र आफूले सदैव एकैसाथ लगेको स्पष्ट पार्नुहुंदै प्रधानमन्त्री ओलीले कोभिडको अहिलेको चुनौतीपूर्ण खडीमा अव आउने नयां नेतृत्वसंग आगामी दिनमा सघन रुपमा आर्थिक सहकार्य गर्ने उद्घोष समेत गरे । प्रधानमन्त्रीले महासंघका हालका वरिष्ठ उपाध्यक्ष एवं अवको नेतृत्वका अध्यक्ष श्री शेखर गोल्छाज्यूलाई बधाई समेत दिए ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासंघको वर्तमान कार्यकालको गतिविधि समेटिएको पुस्तक एफएनसिसिआई द टेनर अफ १८ को विमोचन गरे । साथै प्रधानमन्त्रीबाट महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मानपत्र र पूर्व अध्यक्षहरु क्रमशः महेशलाल प्रधान, विनोद कुमार चौधरी, पद्य ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान पशुपति मुरारकालाई प्रशंसापत्रबाट सम्मानित गरे भने निवर्तमान अध्यक्षलाई महासंघको पूर्व अध्यक्षको पीन पनि सो अवसरमा प्रदान गरियो ।

कार्यक्रममा महासंघको संघीय संरचना अनुसार प्रादेशिक आर्थिक विकास र निजी क्षेत्रको भूमिका बढाउन उल्लेख्य भूमिका निर्वाह गर्नुहुने महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरु क्रमशः नरेन्द्रकुमार खडका, प्रदेश १, शिव शंकर साह हिरा, प्रदेश २, दिनेश श्रेष्ठ, वागमती प्रदेश, संजिव बहादुर कोइराला, गण्डकी प्रदेश, गुणनिधि तिवारी, लुम्विनी प्रदेश, पदम बहादुर साही कर्णाली प्रदेश र शंकर वोकटी, सुदूरपश्चिम प्रदेशलाई कदरपत्रबाट सम्मानित गरियो ।

साथै महासंघसंग नजिकमा रहेर कार्य गर्ने नेपालका लागि भारत, चीन, फ्रान्सका राजदूतहरु, अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालय, जीआइजेड नेपाल कार्यालय, ब्रिटिश काउन्सिललाई पनि कदरपत्रबाट सम्मानित गरियो ।

त्यसैगरी ख वर्गबाट क वर्गमा स्तरोन्नती भएको रत्ननगर उद्योग वाणिज्य संघ, मुगु जिल्लाको आर्थिक व्यवसायिक विकासमा उल्लेख्य योगदान गरेवापत मुगु उद्योग वाणिज्य संघलाई पनि कदर पत्र प्रदान गरियो । त्यस्तै महासंघमा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरु क्रमशः उपनिर्देशक विष्णुराज ढकाल, अधिकृतहरु वावुराम निरौला, विन्दू श्रेष्ठ, विभुति प्रधान, कार्यालय सहयोगीहरु पित्तनारायण श्रेष्ठ र राधीका नेपालीलाई नगद सहित कदरपत्र प्रदान गरियो । त्यसैगरी मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्र विषयमा कलम चलाउने आर्थिक पत्रकारहरुलाई पनि सम्मान गर्ने घोषणा सो अवसरमा गरियो ।

त्यसअघि महासंघका अध्यक्ष भवानी राणाले स्वागत मन्तव्य सहित उपस्थित सवैमा महासंघको तर्फबाट स्वागत गरे ।

कार्यक्रमको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गरे । कार्यक्रमको प्रारम्भमा महासंघको वर्तमान कार्यकालका गतिवधिहरु समेटिएको भिडियो प्रस्तुती समेत भएको थियो ।

वार्षिक साधाराण सभामा महासंघका पूर्व अध्यक्षहरु, प्रदेशका अध्यक्षहरु, विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरु, दार्त निकायका प्रतिनिधिहरु, संचार माध्यमहरु र वार्षिक साधारणको समुदघाटनमा जुम मार्फत महासंघका सवै कार्यकारिणी समिति सदस्यहरु, मुख्य प्रतिनिधिहरु, संघ संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

महासंघको वार्षिक साधारण सभा अन्तरगतको दोस्रो दिन भोली मंसीर १२ गते जुम मार्फत बन्दशत्र आयोजना हुने कार्यक्रम छ । बन्द शत्रमा महासंघको आन्तरिक छलफल एवं प्रतिवेदन पेश हुनुको साथै महासंघका अध्यक्षबाट संवोधन हुने छ भने बैठकमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुका उमेदवारहरुबाट नीतिगत मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरी मंसीर १३ गते विहानबाट महासंघको आगामी कार्यकालका लागि निर्वाचन हुने कार्यक्रम छ ।