neapl investment mega bank

एकै दिन १८ अंकले बढ्यो नेप्से

Nov 26th, 2020

काठमाडौ, मंसिर ११

आज बिहिबार पनि नेप्से १८ दसमलव ४३ अंकले बढेर १८ सय ९३ दसमलव २४ अंकमा चढेको छ । सेन्सिटिभ पनि आज दुुई दसमलव ८५ अंकले बढेर तीन सय ६५ दसमलव १८ अंकमा चढेको छ । दुुई सय एक वटा कम्पनीहरुको ७० हजार तीन पटकको कारोवारमा एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर खरिद किनबेच हुुंदा कारोवार रकम सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव ७६ अंकले बढेर १४ सय ३७ दसमलव ५६ अंकमा चढेकोमा जलबिद्युुत, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन । बिकास बैक समुहको सुचक भने आठ दसमलव ३५ अंकले घटेर २१ सय ४४ दसमलव २७ अंकमा झरेकोमा लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल र फाईनान्स समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा एनएमबी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।