neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

Nov 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ११ मङ्सिर

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।बुधबार राति भएको समूह (ए) को खेलमा आरबी साल्जबर्गलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्न अन्तिम १६ मा प्रवेश गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रबर्ट लेवन्डोव्स्की,किंग्स्ले कोमान र लेरो सानेले एक एक गोल गरेका थिए ।बायर्नले एक गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो । आरबी साल्जबर्गका मर्जिम बेरीशाले एक गोल फर्काएका थिए ।

खेलको ४२ औं मिनेटमा रबर्ट लेवन्डोव्स्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा किंग्स्ले कोमानले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ६६ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो ।बायर्नका मार्क रोकाले दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएका थिए।

त्यसको दुई मिनेट पछि लेरो सानेले गोल गर्दै बायर्नलाई ३-० अग्रता दिलाए ।खेलको ७३ औं मिनेटमा आरबी साल्जबर्गका मर्जिम बेरीशाले गोल गर्दै ३-१ को स्थितिमा ल्याए । त्यसपछि कुनै गोल हुन सकेन र बायर्नले जित निकालेको हो ।

जितसंगै समूह (ए) मा रहेको बायर्नले लगातार चौंथो जित निकालेको छ। बायर्नले ४ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा छ।पराजित साल्जबर्गको ४ खेलबाट १ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi