neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन

विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन

Nov 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर ११

विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो।

उनको दुई हप्ता पहिले ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएको दुई साता नबित्दै हृदयघातबाट उनको निधन भएको हो।

म्याराडोना विश्व फुटबल इतिहासकै महान खेलाडीमध्ये एक हुन्।सन् १९८६ अर्जेन्टिनाले विश्वकप जित्दा माराडोना क्याप्टेन थिए। जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गर्‍यो ।उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए।

उनले अर्जेन्टिनाका लागि १९७७ देखि १९९४ सम्म खेलेका थिए ।उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi