neapl investment mega bank
  • गृहपृष्ठ
  • साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

Nov 25th, 2020

काठमाडौ, मंसिर १०

लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा नौ गते मंगलबार कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्क घातका कारण निधन भएको हो ।

उनीसंग साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड अन्तरगतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्युु उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए भने सगरमाथा इन्स्योरेन्स कम्पनीको समेत सञ्चालक रहेका थिए । कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहेकाछन ।