neapl investment mega bank
  • गृहपृष्ठ
  • रिलायन्स लाईफद्धारा तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान

रिलायन्स लाईफद्धारा तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान

Nov 25th, 2020

काठमाडौ, मंसिर १०

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेको क्षेत्रिय कार्यालय र शाखा/उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए । हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको हो । उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।