neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजीको जितमा नेयमारको निर्णायक गोल

Nov 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१० मङ्सिर

यूइएफ च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।मंगलबार राति भएको समूह (एच) को खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेइमारले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।नेइमारले खेलको ११ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

आरबी लाइपजिगका मार्सलले एन्जल डी मारियालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो ।जसमा नेइमारले गोल गर्दै पीएसजीलाई जित दिलाए।

जितसंगै समूह (एच)मा रहेको पीएसजीले ४ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। पराजित लाइपजिगको ६ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi