neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा

Nov 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० मङ्सिर

युभेन्ट्स यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह (जी) को खेलमा हंगेरी क्लब फेरेनक्वेरोसीलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा प्रवेश गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।युभेन्ट्सले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो । फेरेनक्वेरोसीका म्यर्टो
उजुनिले एक गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता फेरेनक्वेरोसीले लिएको थियो । खेलको १९ औं मिनेटमा म्यर्टो उजुनिले गोल गर्दै एफटिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

जितसंगै समूह (जि)मा रहेको युभेन्ट्सले ४ खेलबाट ९ अंक जोडेको छ र दोस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको ४ खेलबाट १२ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi