neapl investment mega bank

नेप्से २९ अंकले बढ्यो

Nov 24th, 2020

काठमाडौ, मंसिर ९

नेप्से आज २९ दसमलव ६८ अंकले बढेर १८ सय १० दसमलव ११ अंकमा चढेको छ । सेन्सिटिभ पनि आज चार दसमलव ४२ अंकले बढेर तीन सय ४९ दसमलव ३७ अंकमा चढेको छ । नेप्सेमा आज एक सय ९६ कम्पनीहरुको ४९ हजार सात सय ८२ पटकको कारोवारमा एक करोड १७ लाख ४८ हजार चार सय ७० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम पाँच अर्ब ४४ करोड २९ लाख एक हजार पाँच सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल बाहेक सबै समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ४४ अंकले बढेर १३ सय ५९ दसमलव ४१ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बोर्टलस नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा सोल्टी होटल लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक परेको छ ।