neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ज्येष्ठ नागरिक तथा विपन्नलाई सिरक

Nov 24th, 2020

पोखरा, ९ मङ्सिर /रासस

कास्कीको मादी गाउँपालिका–६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आउनुभएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जनालाई सिरक वितरण गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष पसबहादुर बाँस्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको सहज जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रा गुरुङले भौतिक शरीर टाढा हुँदैमा आफ्नो गाउँठाउँ आफन्त इष्टमित्रको माया टाढा नहुने बताउनुभयो । प्रतिष्ठानका सचिव एवं महारुद्र मावि तप्राङका प्रधानअध्यापक गङ्गाधर बरालले मानवीय सेवामा जुट्न आग्रह गर्नुभयो । जाडोमा न्यानो सिरक पाउँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारको अनुहारमा खुशी छाएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi