neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ लाख नाग्यो

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ लाख नाग्यो

Nov 24th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, ९ मङ्सिर

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १४ लाख नागेको छ ।

नेपाली समय मंगलबार १२:३० बजे सम्म विश्वभरीमा ५ करोड ९५ लाख १६ हजार ६१० जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ लाख २ हजार ४२ व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ४ करोड ११ लाख ५७ हजार ७७६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ६९ लाख ५६ हजार ७९२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख ३ हजार ५९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड २७ लाख ७७ हजार ३७१ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ६३ हजार ६८७ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ९१ लाख ७७ हजार ८४० जना सङ्क्रमित भएका छन् भने १ लाख ३४ हजार २५४ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ६० लाख ८८ हजार ४ जना सङ्क्रमित भएका छन् भने एक लाख ६९ हजार ५४१जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/