काठमाडौं,९ मङ्सिर
राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाउएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाईएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।
राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ । काठमाण्डौ महानगर पालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालिले बुझ्नुभएको हो ।