neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ईलाम जिल्लाको सन्दकपुरमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

ईलाम जिल्लाको सन्दकपुरमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

Nov 23rd, 2020

ईलाम, मंसिर ८

ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) जौवारी स्थापना भएको छ ।

नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषीराज्य मन्त्री राम रानाले मंसीर ८ गते आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुुन ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी, पैठारी, निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ ।

ईलाम जिल्लाको सदरमुकाम देखि करीव ३९ किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ । सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित सो ठाउँमा खटिएको हो ।

नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi