neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन तयारी: यस्ता छन् नयाँ व्यवस्था

सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन तयारी: यस्ता छन् नयाँ व्यवस्था

Nov 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,८ मंसिर

सामाजिक सुरक्षा कोष नियमावली संशोधन गरिने भएको छ। सामाजिक सुरक्षा कोषले नियमावली संशोधनको तयारी गरेको हो।

त्यसका लागि कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानून मन्त्रालय, ट्रेड युनियन तथा रोजगारदाताको प्रतिनिधित्व रहेको उपसमिति गठन गरी योजना परिमार्जनको तयारी गरिएको छ।

कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव अगाडि सारेको जनाएको छ। समितिले गरेका प्रस्ताव अनुसार अब योगदानकर्ताहरुले आफुले कोषमा जम्मा गरेको रकम फिर्ता पाउन सक्नेछन् ।

यसबाट ६० वर्ष उमेर नपुगेका योगदानकर्ताले रोजगारीमा संलग्न नभएको अवस्थामा ८‍।३३ प्रतिशतबाट उपदानरअवकाश सुविधा प्राप्त गर्न सक्नेछन् । योगदानकर्ताले ६० वर्ष पुगेपछि २० प्रतिशतबाट पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन् ।

आगामी चैतभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध भएकाहरुको कारणवस जागिर छुटेमा वा कोषमा आवद्ध हुन नचाहेमा जम्मा गरेको रकमसहति व्याज प्राप्त गर्न सक्नेछन् भने त्यसपछि आवद्ध भएकाहरुले निश्चित रकम फिर्ता पाउनेछन् ।

योगदानकर्ता रोजगारीबाट विमुख भएपछि पेन्सनका लागि ६० वर्षसम्म कुर्नुपर्ने गुनासोलाई सम्बोधन गर्न सो व्यवस्था गर्न लागिएको हो ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाबाट योगदानकर्ताले सञ्चित रकममध्येबाट आवश्यकता परेको खण्डमा केही रकम झिक्न पाउने अभ्यास प्रचलनमा छ ।

यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा पनि सामान्य परिमार्जनको प्रस्ताव गरिएको छ । कोषमा योगदान गर्न शुरु भएको तीन महिना पछाडिदेखि योगदान गर्न छाडेको तीन महिनासम्म यो योजना लागू हुने व्यवस्थालाई परिमार्जन गरी ६० वर्षपछि पेन्सन सुविधामा बसेको योगदानकर्तालाई ७० वर्षसम्म पनि औषधि उपचार स्वास्थ्य सुविधा दिन प्रस्ताव गरिएको छ ।

यसैगरी योगदानकर्ता प्रसूति भएपछिको ६ हप्तासम्मको उपचार खर्च दिन प्रस्ताव गरिएको छ । आइएलओ अभिसन्धि, अन्तर्राष्ट्रिय प्रचलनअनुसार यसलाई समायनुकूल बनाउन लागिएको हो ।

यसअघि गर्भावस्थाको परीक्षण तथा तीन महिनासम्मको शिशुको उपचार खर्च मात्र कोषले व्यहोर्ने व्यवस्था थियो । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रोजगारीका शिलसिलामा विदेशी योगदानकर्ताको मृत्यु भएको अवस्थामा एकमुष्ट रकम लिन सक्ने प्रस्ताव गरिएको छ ।

मंसिर १६ गते भित्र सो योजना ले मूर्तरुप पाउने गरी तयारी अगाडि बढाइएको कोषले जनाएको छ ।कोषले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अब छिट्टै अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा संलग्नलाई पनि योजनामा समेट्ने तयारी गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi