neapl investment mega bank

नेप्से सुचक तथा कारोवार रकम दुबै घटे

Nov 23rd, 2020

काठमाडौ, मंसिर ८

नेप्से सुचक तथा कारोवार रकम आज सोमबार दुुबै घटेकाछन । नेप्से आज दुुई दसमलव ३८ अंकले घटेर १७ सय ८० दसमलव ४३ अंकमा झर्दा सेन्सिटिभ शुन्य दसमलव १२ अंकले घटेर तीन सय ४४ दसमलव ९५ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ९९ कम्पनीहरुको ४६ हजार दुुई सय ४० पटकको कारोवारमा एक करोड २० लाख २१ हजार तीन सय ४७ कित्ता सेयर किनबेच हुुंदा सेयर कारोवार रकम चार अर्ब ७६ करोड २७ लाख चार हजार छ सय ११ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुचक छ दसमलव पाँच अंकले बढेर १३ सय ५७ दसमलव ९७ अंकमा चढ्दा होटल, टे«डिङ र उत्पादनमुुलक समुहको सुचक पनि बढेकाछन । बिकास बैक समुहको सुचक भने एक दसमलव ८१ अंकले घटेर दुुई हजार एक सय १० दसमलव ५८ अंकमा झर्दा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्राली परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा एनआईसी एशिया ब्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल बैंक परेको छ ।