neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सालकको खपडा सहित २ जना पक्राउ

Nov 23rd, 2020

काठमाडौ, मंसिर ८

काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित शान्ति गोरेटो चोकबाट १ किलो २५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपडा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे महाभारत गाउँपालिका २ बाल्टिङ घर भई काठमाडौं स्वयम्भू बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका ३ घर भई काठमाडौं चाबहिल बस्ने ४७ वर्षीय लाल सिंह तामाङ रहेका छन् ।

चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्री गर्नको लागि लुकाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपडा र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहिको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi