neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एसी मिलान इटालियन सिरि ए फुटबलको शीर्ष स्थानमा , इब्राहिमोविचले गरे दुई गोल

एसी मिलान इटालियन सिरि ए फुटबलको शीर्ष स्थानमा , इब्राहिमोविचले गरे दुई गोल

Nov 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ८ मङ्सिर

इटालियन सिरि ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा मिलानले नापोलीलाई ३–१ ले गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोविकले दुई गोल र जेन्स पेटर हाउजले एक गोल गरेका थिए ।नापोलीका मेर्टेन्सले एक गोल फर्काए ।

खेलको २० औं मिनेटमा ज्लाटन इब्राहिमोविकले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा इब्राहिमोविकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।६३ औं मिनेटमा नापोलीका मेर्टेन्सले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ६५ औं मिनेटमा नापोली १० खेलाडीमा समेटिएको थियो ।नापोलीका टिमौइ बकायोकोले दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएका थिए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा जेन्स पेटर हाउजले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए ।

जितसँगै एसी मिलानले ८ खेलबाट २० अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित नापोलीको १४ अंक छ र छैटौं स्थानमा छ ।दोस्रो स्थानको सासुलोको ८ खेलबाट १८ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi