neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा जनवरी ९ मा हुने

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा जनवरी ९ मा हुने

Nov 22nd, 2020

काठमाडौं, मंसिर ७

नेपाल इकोनोमिक्स ओलम्पियाड (एनईओ) दोस्रो राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ को कार्यतालिका सार्वजनिक गरेको छ । आयोजकले दिएको जानकारी अनुसार क्षेत्रीय प्रतियोगिता जनवरी ९ अर्थात् (पौष २५ गते) हुन गईरहेको छ ।

क्षेत्रीय र राष्ट्रिय गरी दुई चरणमा हुने प्रतिस्पर्धमा प्रथम चरण अर्थात् क्षेत्रीय छनोट कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाईन प्रविधिको प्रयोग गरेर सातै प्रदेशमा एकै पटक प्रतिस्पर्धा हुनेछ । सहभागी हुने विद्यार्थीहरुले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट प्रतिस्पर्धमा सहभागी हुन पाउने व्यवस्था मिलाईने आयोजकले जानकारी दिएको छ ।

गत वर्ष क्षेत्रीय प्रतिस्पर्धामा ५० भन्दा बढी शैक्षिक संस्थाबाट करिब ३०० भन्दा बढी विद्यार्थी सहभागी भएकोमा यस वर्ष देशै भरिबाट गरी करिब २०० शैक्षिक संस्थाबाट १००० भन्दा बढी विद्यार्थी सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । जसबाट ६० जना सहभागीहरु राष्ट्रिय प्रतिस्पर्धाको लागि छनोट हुने छन् भने राष्ट्रिय प्रतिस्पर्धा बाट उत्कृष्ट ५ जनाले २०२१ को अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडमा सहभागी हुने मौका पाउने छन् । राष्ट्रिय प्रतिस्पर्धा पनि अनलाईन प्लेटफर्ममा २०२१ को मार्च १९ देखि २१ गते सम्म ३ दिन हुने संस्था कि सूचना प्रमुख सुप्रिया महर्जन सापकोटाले जानकारी दिनु भएको छ ।

यस प्रतिस्पर्धा हाईस्कूल वा सो सरहमा अर्थशास्त्र, बित्तिय र व्यवस्थापन अध्यनरता र यसमा रुचि राख्ने विद्यार्थीहरूका लागि नेपाल कै सबैभन्दा ठूलो प्रतिस्पर्धा भएको जानकारी संस्थाका अध्यक्ष अर्जुन सापकोटाले दिनु भएको छ । सापकोटाका अनुसार नेपालबाट यस अघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सफल विद्यार्थीहरू हाल विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्यन गरिरहेका छन् । साथै अर्थशास्त्र, वित्त र व्यवसायको क्षेत्रमा असाधारण प्रतिभाशाली विद्यार्थीहरूको खोजि गर्दै र उनीहरूलाई उज्ज्वल भविष्य निर्माणको मार्गका लागि प्रोत्साहित, प्रेरित गर्ने उद्देश्य संस्थाको रहेको सापकोटाले जानकारी दिनु भयो । युवा विद्यार्थीहरूको तार्किक बौद्धिक र आलोचनात्मक क्षमता वृद्धि गर्ने गरी यस संस्थाले प्रतिस्पर्धा गर्दै आहिरहेको छ ।

नेपालले २०१९ बाट अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडमा सहभागी हुदै आहिरहेको छ । २०१९ मा प्रथम पटक सहभागी भएर एक कांस्य पदक हात पारेको नेपालले २०२० मा २ ओटा कांस्य पदक हात परेको थियो । २०२० को जुलाईमा काजकिस्तानमा हुने तय गरिएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्ततः विश्वव्यापी कोरोनना महामारीको कारण २०२० सेप्टेम्बरमा अनलाईन मार्फत सम्पन्न भएको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वभरका राष्ट्रिय छनोटबाट छानिएका बिधार्थीहरु सहभागी हुदै आइरहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi