neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एट्लेटिकोसंग बार्सिलोना पराजित

Nov 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ७ मङ्सिर

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनालाई एट्लेटिको म्याड्रिडले १-० गोलले पराजित गरेको हो।

एट्लेटिकोको जितमा यानिक कारास्कोले विजयी गोल गरेका थिए ।यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा सो गोल गरेका हुन् ।

जितसंगै एट्लेटिको म्याड्रिडले ८ खेलबाट २० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।एट्लेटिको म्याड्रिडले शीर्ष स्थानको रियल सोसिडाडसंग अंक बराबरी गरेको छ । एट्लेटिको म्याड्रिडले रियल सोसिडाड भन्दा एक खेल कम खेलेको छ ।

बार्सिलोनाको ८ खेलबाट ११ अंक छ र दशौं स्थानमा छ। जारी सिजनमा बार्सिलोनाको यो तेस्रो हार हो।बार्सिलोना यस अघि दुई खेलमा बराबरीमा रोकिएको छ ३ खेलमा मात्र जित निकालेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi