neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित

Nov 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ७ मङ्सिर

इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा युभेन्ट्सले क्यागलियारीलाई २–० ले गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । रोनाल्डोले दुवै गोल दोस्रो हाफमा गरेका हुन् ।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले अल्भारो मोराटाको पासमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसको ४ मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसंगै युभेन्ट्सले ८ खेलबाट १६ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित क्यागलियारीको ८ खेलबाट १० अंक छ र ११ औं स्थानमा छ । शीर्ष स्थानको एसी मिलानको ७ खेलबाट १७ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi