neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुरुवाती अग्रता जोगाउन नसक्दा रियल मड्रिड भिल्ला रियलसँग बराबरीमा रोकियो

सुरुवाती अग्रता जोगाउन नसक्दा रियल मड्रिड भिल्ला रियलसँग बराबरीमा रोकियो

Nov 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ७ मङ्सिर

स्पेनिस ला लिगा फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता रियल मड्रिड भिल्ला रियलसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडलाई भिल्ला रियलले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा रियल मड्रिडको लागि मारियानो डियाजले एक गोल गरे भने भिल्ला रियलको लागि जेरार्ड मोरेनोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता रियल मड्रिडले लिएको थियो । खेलको दोस्रो मिनेटमा मारियानो डियाजले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ७६ औं मिनेटमा भिल्ला रियलका जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए र भिल्ला रियललाई हारबाट जोगाए ।

बराबरीसँगै रियल मड्रिडले ९ खेलबाट १७ अंक जोडेको छ र चौंथो स्थानमा छ। भिल्ला रियलको १० खेलबाट १९ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi