neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य : सामाजिक सञ्जालमा (हेर्नुस् भिडियाे)

२५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य : सामाजिक सञ्जालमा (हेर्नुस् भिडियाे)

Nov 20th, 2020

काठमाडौ, मंसिर ५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।

महाशाखाले बेला-बेलामा जनचेतनामुलक कार्यक्रमहरु मार्फत ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि शिक्षालाई व्यापक बनाउदै ट्राफिक व्यवस्थापनमा सुधार समेत गर्दै आइरहेको छ ।
पछिल्लो समय ट्राफिक महाशाखाले गीत सांगितको माध्यमबाट ट्राफिक नियम सिकाउदै आएको छ, यसलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नृत्य गरेको भिडियो तयार गरेको छ ।

गीत संगितका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरलरुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले व्यवहारिकरुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए ।

यस गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोग लगायतका ट्राफिक नियम समेटिएका छन ।

यस गीतमा सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम के.सी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन बिनोद के.सीले गरेका छन ।आजै देखि यस जनचेतनामुलक ट्राफिक गीतलाई मेट्रो ट्राफिक एफ.एम.९५.५ मेगाहर्जको यूट्युब च्यानल लगायत अन्य सामाजिक संजालबाट रिलिज गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi